काठमाडौँ ४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् ।
म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरेर हाल जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति भण्डारीले सोमवार ट्वीटमार्फत नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् ।
राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छन् “म्यान्माका महामहिम राष्ट्रपति उ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमणमा प्रदान गरिएको न्यानो स्वागत र आतिथ्यताप्रति महामहिम राष्ट्रपति, महामहिम स्टेट काउन्सिलर, सरकार र स्नेही जनतालाई हार्दिक धन्यवाद, भ्रमणबाट दुई देश र जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको छ ।”
राष्ट्रपति भण्डारी गत असोज २९ गते म्यान्माको राजकीय भ्रमणमा गएका थिए । उनी आइतबारदेखि जापानको भ्रमणमा रहेका छन् ।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१