सफलता सहकारीको पाँचौ साधारण सभा

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
pic

पोखरा, ४ कात्तिक । सफलता महिला कृषि सहकारी संस्था लिमिटेडको पाँचौ साधारण सभा आज सम्पन्न भएको छ ।

कृषि संगसंगै महिला नेतृत्वलाई पनि अगाडि बढाउदै आएको सहकारीले पौष्टिक आहार सातु पनि उत्पादन गदै आएको छ । कार्यक्रका प्रमुख अतिथि साउथ एसिया फाउन्डेशनका महासचिव राहुल बरुवालले सहकारीले पाँचौ वर्षमा निकै सफलताका साथ फड्को मारेको बताए ।

कृषिको क्षेत्रमा पशुपालन लगाएतका कार्यक्रम ल्याएमा आफ्नो पनि सहयोग रहने कुरा उनले बताए ।विशेष अतिथि जिल्ला सहकारी संघका लेखा समिति संयोजक बीना लोहनीले सहकारीमा महिलाको नेतृत्व रहेकोमा खुशी ब्यक्त गरिन् ।
सहकारीका शेयर सदस्य सबै एक जुटभएमा सहकारी अगाडि बढ्ने कुरा उनले वताइन् । यसैगरी विश्व हिन्दु महासंघका अध्यक्ष पार्वता पौडेलले सहकारीले कृषिमा लगानी गर्दै उत्पादन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजसेवी महाकाली बराल, महिला विकासका लागी आमा समूहका अध्यक्ष मनमाया बराल लगाएतले आफ्नो भनाइृ राखेका थिए । कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन अन्जु पण्डितले, लेखा समितिको प्रतिवेदन सृजना बरालले पेश गरेका थिए ।

सहकारीका अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी अधिकारीले ,सहकारीका सात सिद्धान्त वाचन सह सचिव तारा ढकाल बराले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव प्रमिला बरालले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width