मुक्तिनाथ र नेपाल रेमिटबीच सम्झौता

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
Muktinath_Fotor

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिट बीच सम्झौता भएको छ।

उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब चार हजार एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिने जनाइएको छ।

सो सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तीलबहादुर गुरुङ्ग र नेपाल रेमिटकातर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका थिए।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ।

मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको जनाएको छ ।

यस अभियान अन्तर्गत भाग्यशाली विजेताहरुमध्ये १ जनालाई स्कुटी, ३ जनालाई ल्यापटप, ५ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई ३२’’ टि.भी., १५ जनालाई स्मार्ट मोबाइल सेट, २० जनालाई प्रेसर कुकर र २५ जनालाई ब्लुटुथ स्पिकर प्रदान गर्ने बैंकले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width