मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
Nepali Womens Volleyball_Fotor

थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ को सेटमा हरायो। नेपालले युनिभर्सिटी टिममाथि २५–२१, २४–२६, २५–१६ र २५–१९ को सेटमा जित निकाल्यो।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमको यो लगातार दोस्रो जित हो। यसअघि नेपालले शुक्रबार स्थानीय टिम जरानसानिवोङलाई ३–१ कै सेटमा हराएको थियो। नेपालले मंगलबार थाइल्याण्डको यू–२१ र बिहिबार जापानको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड पुगेको हो। थाइल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपालले कात्तिकको २२ देखि २७ गतेसम्म हुने एभीसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ। यस्तै, मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width