‘सोरठी देउसी भैलो’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
Sorathi Deusi Bhailo Geet_Fotor

‘सोरठी देउसी भैलो’ गीतको भिडियो सार्वजनिक भएको छ। नृत्यसहितको उक्त गीतमा रामु विरही, धर्तिमा थापामगर, विष्णु सिंह, विनिता गुरुङ, सञ्जय परियार, सामना मगर, गोविन्द पराजुली र मिलन थापामगरले स्वर भरेका छन्।

रामु विरही र पूर्ण बुढामगरले गीतको शब्द संकलन गरेका हुन्। रामु विरहीले गीतका लय संकलन गरेका हुन्। आपसी रुपमा सदभाव र भाइचाराको अभिबृद्धिका लागि गीतमा आग्रह गरिएको छ।

प्रवेश पोखरेलले उक्त म्युजिक भिडियोको छायाकन गरेका हुन्। दलर्भ श्रेष्ठले गीतको सम्पादन गरेका हुन्। रामु विरहीले म्युजिक भिडियोको निर्देशन गरेका हुन्। मनिषा राईको गीतमा कोरियाग्राफी रहेको छ। मौलिक ‘सोरठी देउसी भैलो’ गीतको भिडियोमा रामु विरही, मनिषा राई, समिर विक, माधवप्रसाद सिग्देल र प्रकाश रोक्काको अभिनय रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width