एलपी ग्यास विस्थापित गर्न विजुली प्रयोग गरौ– सांसद कोइराला

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०७६
IMG_8279

पोखरा, ३ कात्तिक । विदेश पैसा जाने हुँदा एलपी ग्यासको प्रयोग नगरी विद्याुतबाट खान पकाउन गण्डकी प्रदेशका सांसद तथा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले गृहेणीहरुलाई आग्रह गरेका छन् ।

एलपी ग्यास खरिद गर्दा एकैपटक ठूलो रकम खर्च हुने र विद्युतको तुलनामा मंहगो पनि पर्ने हुँदा विजुलीबाट खाना पकाउन उनले गृहेणीहरुलाई आग्रह गरेका हुन् । विजुलीको प्रयोग गरे ब्यापार घाटापनि कमहुने उनको दावी छ ।

शनिबार पोखरा महानगरपालिका वडा नं २७ अर्चले स्थित उन्नतशील महिला समूहको १०औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनको शुभारम्भ गदै उनले उक्त आग्रह गरेका हुन् । दिनकै १८ घण्टा लोडसेडिङ हुँदा एलपीग्यास विकल्प थिएन तर केहीवर्ष यता लोडसेडिङ नरहेकाले खाना पकाउन पानी उमाल्न विजुलीको प्रयोग गर्न सकिने हुँदा क्रमशः एलपी ग्यासको प्रयोग कम गर्दै जान उनले सुझाव दिएका हुन् । साथै उनले नेपालमा विद्युत उत्पादन वढ्दै गएको पनि बताए ।

पोखरा महानगरपालिकाका वडानं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विकास निर्माणमा आफूहरु सधै क्रियाशील रहेको दागि गर्दै जाइकाले शुरु गरेको पोखरा खानेपानी शुद्धीकरण र पाइप विस्तार योजनाले लेखनाथलाई पनि समेटनु पर्ने गुरुङले माग थियो ।

उक्त अवसरमा सूर्यमणि लामिछाने, सरस्वती नेपाली, आफ्नो भनाई राखेका थिए । सो अवसरमा समूहका सल्लाहकार गोविन्द वाग्ले, ज्येष्ठ सदस्य बाटुली भुजेल, सस्थापक सदस्य सीता लामिछाने,निवर्तमान अध्यक्ष रमा धमला क्षेत्रीलाई सम्मान गरिएकोथियो । कार्यक्रम समूहका अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा र सचिव सुस्मिता खड्काको संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width