अवैध सालको काठ बरामद

रासस
कार्तिक २, २०७६
goliya-11

गोरखा, २ कात्तिक । गोरखा नगरपालिका–१० छेवेटार बजारबाट करीब ३ लाख लाख मूल्य बराबरको अवैध सालको काठ बरामद भएको छ ।

छेवेटार बजारको सानो बगैँचामा बेबारिसे अवस्थामा रहेको करीब ४५.४५ थान क्युफिट काठ बरामद भएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । अवैध सालको काठको गोलिया रहेको भन्ने गोप्य सूचनाको आधारमा सदरमुकामबाट खटिएको विशेष प्रहरी टोलीले २० थान सालको काठ (गोलिया) बेवारिसे अवस्थामा फेला पारेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

बरामद भएको सालको काठ २ लाख ७२ हजार ७ सय बराबरको बजार मूल्यको भएको सहायक वन अधिकृत तथा डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए । बरामद सबै काठ अहिले सवडिभिजन वन कार्यालयमा राखिएकोे छ । काठ कसले ल्याएको हो भन्ने बारेमा केही खुल्न नसकेको कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width