मेलम्ची, २ कात्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो । तातोपानी नाकालाई आफ्नो जिल्लाकै भविष्यको रूपमा हेरिएको सिन्धुवासीमा यो चासो हुनु अस्वभाविक पनि थिएन ।
विसं २०७२ वैशाख १२ गते आएको महाभूकम्प र लगत्तैपछिको भोटेकोशी बाढीले सडकलगायतका भौतिक संरचना ध्वस्त भएपछि करीब चार वर्ष नाका पूर्णरुपले बन्द भएको यो नाका सञ्चालन गत जेठ १५ गतेबाट भए पनि यथेष्ट सडकलगायत भौतिक संरचनाको विकास र चिनियाँ सरकारले स्पष्ट चासो नदेखाएका कारण नाका फेरि बन्द हुने हो कि भन्ने सिन्धुवासीमा चिन्ता थियो ।
भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार वर्षपछि जेठ १५ गतेबाट औपचारिकरूपमा खुलेको हो । पर्यटन व्यवसायी रामकाजी पौडेलका अनुसार सीमामा करोडौँ लगानीमा खुलेका होटल नाका नचल्दा डुब्ने अवस्थामा पुगेका थिए । भूकम्पअघि तातोपानी नाकाबाट कन्टेनर र अन्य गरी एक हजार ५०० भन्दा बढी सवारीसाधन सञ्चालन हुने गर्थे ।
नाकाबाट वर्षेनी १५ हजारभन्दा बढी पर्यटक आउजाउ गर्थे । वर्षेनी २० अर्बको आयात र तीन अर्ब रुपैयाँको निर्यात हुने नाकामा बल्ल चहलपहल शुरु हुन थालेको उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । “भूकम्प आएपछि नाका बन्द बनायो, यही नाका खुलाउन बारम्बार स्थानीय व्यवसायी आन्दोलित पनि भए, पछि अस्थायीरूपमा नाका चल्यो”, उनले भने । भूकम्प गएको एक वर्षसम्म गोदाममा थन्किएका व्यापारिक सामान ल्याउन २७ कन्टेनर चीनको खासा पुगेको उनले स्मरण गरे ।
विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार वर्षपछि जेठ १५ गतेबाट औपचारिकरूपमा खुल्यो । सडककै कारणले चार वर्षपछि खुलेको नाका बन्द हुँदै सञ्चालनमा आउने क्रम जारी छ । चिनियाँ राष्ट्रपतिको सीको भ्रमणपछि जारी २० बुँदे समझदारीमा नाका सञ्चालका विषयमा चासो दिइएकाले यहाँका उद्योगी, व्यावसायीहरु हर्षित भएका हुन् ।
तातोपानी नाकालाई अझ व्यवस्थित गर्नका लागि चीनले लार्चामा अत्याधुनिक प्रविधिको सुक्खा बन्दरगाह निर्माण गरेको छ । अहिले नेपाल र चीनबीचबाट हुने सबै व्यापारिक कारोवार सुक्खा बन्दरगाहबाटै हुने गरेको छ । नाका सञ्चालनको प्रमुख समस्या भनेको सडकको रुपमा लिइएको छ । सीको भ्रमणले सडक स्तरोउन्नती हुनेमा उनीहरुमा विश्वास बढेको छ ।
सन् १९६० मा चीन सरकारकै अनुदान सहयोगमा अरनिको राजमार्ग निर्माण भएको थियो । भूकम्पपछि विभिन्न स्थानमा क्षति पुगेको राजमार्ग मर्मत भयो । तर, पहिलेकै अवस्थामा सडक पुग्न नसक्दा समस्या सिर्जना भइरहेको छ । अरनिको राजमार्गको मर्मतमा चीन सरकार सकारात्मक भएकै कारणले तातोपानी नाका थप व्यवस्थित हुने अपेक्षा लिइएको छ । सडक सञ्चालन सुनिश्चित भएपछि व्यापारिक आत्मियता बढ्ने अपेक्षा गरिएको छ ।
मितेरीबाट काठमाडौँसम्म ११४ किमी सडक रहेको छ । बाह्रबिसे–तातोपानी २६ किमी सडकखण्ड रहेको छ । यो सडक पनि चीन सरकारकै सहयोगमा निर्माण र मर्मत हुँदै आएको छ । करीब पाँच दशकअघिदेखि नेपाल र चीनबीचमा सडक जोडिएको थियो । मितेरी पुलको निर्माणपछि नेपाल र चीनबीच व्यापार शुरु भएको हो ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१