सडक महोत्सवको संयोजकमा बराल

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७६
received_796780790779094

पोखरा, १ कात्तिक । २१ औं पोखरा सडक महोत्सव विहीवार सम्पन्न गर्न बसेको रेवान पोखराको कार्यसमिति सदस्यह?को वैठकले महोत्सव संयोजकमा रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बराललाई तोकेको छ ।

त्यस्तै बैठकले रेवानका सदस्य नरेश भट्टराई र वसन्त गौतमलाई सहसंयोजक र संरक्षकमा पूर्व अध्यक्ष गणेणबहादुर भट्टराईलाई चयन गरेको छ । रेष्टुरेण्ट एन्ड बार एशोसियसन नेपाल (रेवान) पोखराले आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन, जनजातिसंग सम्बन्धित लोपोन्मुख भेषभूषा, कला, सँस्कृति, ग्रामीण क्षेत्रमा उत्पादित घरेलु समाग्रीहरुको संरक्षण साथै प्रवद्र्धनका साथै ‘‘अंगेजी नयाँ वर्षको गन्तब्य स्थल’’ को रुपमा पोखराको विकास गर्ने उद्देश्य लिई विगत २० वर्ष देखि प्रत्येक अंग्रेजी नयाँ वर्ष मनाउदै आइएको छ ।

महोत्सव पौष १२–१६ गतेसम्म २१ औं “पोखरा सडक महोत्सव” गर्न लागिएको आयोजक संस्थाले जानकारी दिएको छ । पोखराको सेरोफेरो, देश तथा विदेशका विविध संस्कृतिको परिचय गराउँदै त्यसको संरक्षणमा उल्लेख्य योगदान पु¥याउने लक्ष्य रहेको बतायएको छ ।

पोखरामा सडक महोत्सव आयोजना गरिनु अघि अ्रग्रेजी नयाँ बर्ष मनाउनका लागि अधिकाशं नेपाली विदेश जाने प्रचलन थियो भने नेपालमा आकर्षक इभेन्ट नहुँदा विदेशी पर्यटकहरु पनि यो समयमा नेपाल आउने गर्दैनथे । तर विगत २० वर्षदेखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीहरुलाई पनि नयाँवर्ष पोखरामा मनाउनु पर्छ भन्ने महशुस भएको संयोजक बरालले बताए । महोत्सवको अवधिमा पोखराका रेण्टुरेण्ट व्यवसायीले सडकमै विभिन्न खानाका परिकार पस्कने गर्दछन। यस महोत्सवले समग्र पोखराको आर्थिक कृयाकलापलाई टेवा पु¥याउदै आएको हामीले विश्वास लिएका छौं बरालले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width