नागरिक समाज पोखराको ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७६
pataka-

प्रतिकात्मक तस्वीर

पोखरा, १ कार्तिक । नजिकिदै गरेको दीपावली पर्वमा पटका आयात, बेचविखन र पड्काउने कार्य रोक्न माग गर्दै नागरिक समाज पोखराले कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीको ध्यानाकर्षण गरेको छ ।

विगतका वर्षहरु झैं नागरिक समाज पोखराले कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी समक्ष शुक्रवार ध्यानाकर्षण पत्र बुझाएको हो । नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेल, संयोजक विष्णुहरि अधिकारी, सहसंयोजक इन्द्रकमल मानन्धर, प्रवक्ता ठाकुरप्रसाद बराल र सदस्यहरु कल्याण पन्त, सूर्यनाथ पहारी, विन्ध्येश्वरी बराल, शिवप्रसाद बास्तोला सहितको टोलीले प्रमुख जिल्ला अधिकारी केसी समक्ष ध्यानाकर्षण गराएको हो ।

साथै नागरिक समाज पोखराले आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यमप्रसाद पोखरेललाई भेटी हालै प्रदेश सरकारले विभिन्न कार्यक्रमहरुमा माला, खादा र ब्याचको प्रयोग र कार्यक्रममा समय सीमा सम्बन्धी गरेको निर्णयको स्वागत गर्दै पोखराको वातावरण प्रदूषण हुने गरी अत्यधिक धुँवा फाल्ने सवारी साधनलाई व्यवस्थापन गर्न र सडक पेटीमा रोपिएका रुख विरुवाहरुको फेदमा खाली ठाउँ नराखी फेदमै टाँसिने गरी विछ्याइएका ढुङ्गा र ढलानहरु हटाउन पनि अनुरोध गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width