पोखरा पल्टन पराजित

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७६
Winner KTM, Womens Cricket_Fotor

पोखरा पल्टनले महिला च्याम्पियन्स लिगको पहिलो खेलमै हार ब्यहोरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार भएको आफ्नो पहिलो खेलमा पोखरा पल्टनले काठमाडौंको क्याट क्वीन्ससँग ८२ रनले स्तब्ध बनेको हो। आफ्नो पहिलो खेलमा बुधबार चितवन राइनोजसँग ५ विकेटले हारेको क्याट क्वीन्स काठमाडौंले प्रतियोगितामा पहिलो जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्याट क्वीन्सले कप्तान रुविना क्षत्रीको अर्धशतकसहित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनाउन सफल रह्यो। बलियो लक्ष्य दिनेक्रममा उसका लागि कप्तान रुबिनाले फ्रेन्चाइजी लिगमा पहिलो अर्धशतक बनाउन सफल भइन्। रुविनाले ६७ बलमा १४ चौका र २ छक्का मद्दतमा ८३ रन बनाइन्। यसैगरी, रोमा थापाले १९, ईश्वरी विष्टले १० र शोभा आलेले १२ रनको योगदान दिइन्।

बलिङतर्फ पोखराका लागि अनुराधा चौधरीले ४ विकेट लिइन्। जवाफमा पोखराले १६ ओभर १ बलमा मात्र ७० रनमा अलआउट भयो। ३१ रनमा पहिलो विकेट गुमाएको पोखरा पल्टनले ५६ रन बनाउँदा ८ विकेट खेर फाल्यो।

पोखरा पल्टनका लागि कप्तान सीता रानामगरले १७ रनको योगदान दिइन्। विन्दु रावलले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

उता, ज्योति पाण्डेको उत्कृष्ट ब्याटिङ मद्दतले विराटनगर टाइटन्सले ललितपुर फाल्कन्सलाई ६ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनायो। जितसँगै विराटनगरले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोड्न सफल भएको छ। शुक्रबार २ खेल हुनेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width