साग ह्याण्डबलको अन्तिम चरणको छनोट सम्पन्न

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७६
khal photo

पोखरा, ३० असोज । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने ह्याण्डबल महिला तथा पुरुष खेलाडीहरुको बिहीबार पोखरामा अन्तिम छनोट सम्पन्न भएको छ ।

यही मंसिर १५–२४ गते सम्म पोखरामा १३ औं साग अन्तरगत हुने ह्याण्डबल महिला र पुरुष तर्फ १६/१६ जना खेलाडी अन्तिम छनोटमा परेका हुन । नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार पुरुष तर्फ छनोटमा परेका खेलाडीहरुमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपक सिं बोहोरा, संदीप कार्की, रण सिं रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन ।

यसैगरी महिला टिम तर्फ छनोटमा परेकाहरुमा बविता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, राम कुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देव कुमारी बास्कोटा रहेका छन ।

छनोट समितिले पुरुष र महिला तर्फ ५/५ जना बैकल्पिक खेलाडी समेत छनोट गरेको छ । महिला तर्फ बैकल्पिक खेलाडीमा जीना राई, साधना वम, विष्णा बोगटी, देबी श्रेष्ठ र मञ्जु राउत छन भने पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रवीण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल छन ।

छनोट समितिमा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष जीवन बस्नेत, नेपाल ह्याण्डबल संघका सचिब केशव पाठक, विदेशी प्रशिक्षक (पोर्चुगल) जोआ प्लोपफरेन्सियो, ह्याण्डवलका मुख्य प्रशिक्षक एवम तालिम तथा प्रशिक्षण विभाग राखेपका उप–निर्देशक हिमालराज दहाल र बरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण रहेका थिए ।

खेलाडी छनोट घोषणा कार्यक्रममा बोल्दै संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले खेलाडीहरुले अनुशासनलाई प्राथमिकताका साथ पालना गर्न आग्रह गरे । यसै गरी ह्याण्डबलका उपाध्यक्ष एवम गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले सागमा सबै खेलाडीले राष्ट्रको गरिमालाई माथी उठाउने गरी आफ्नो खेल प्रस्तुत गर्न सक्दो प्रयास गर्न अनुरोध गरे ।

साग तयारीका लागि ह्याण्डबलको महिला तथा पुरुष टिमका राष्ट्रिय खेलाडी हरु गत असोज १६ गते बाट बन्द प्रशिक्षणमा रहेका थिए । वन्द प्रशिक्षण अन्तरगत पहिलो चरणमा २८/२८ जना र दोश्रो चरणमा २२/२२ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका थिए । दोश्रो चरणको करिब एक महिनाको वन्द प्रशिक्षण पछि १६/१६ जना खेलाडी अन्तिम चरणका लागि छनोट भएका हुन । छनोट भएका खेलाडीले १३ औं साग अन्तरगत ह्याण्डबल प्रतिष्पर्धामा उत्रने छन ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width