कलम सहकारीको अवलोकन भ्रमण

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७६
sakari

पोखरा, ३० असोज । पोखरा–९ पालिखेचोक स्थित कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको भ्रमण गराएको छ ।

सहकारीले असोज २४–२८ गते सम्म पोखरा देखि धुलिखेल, बनेपा, खुर्कोट खोटाङको हलेसी महादेवस्थान, रामेछापको मन्थली बजार, जिरी, कालिञ्चोककी काली माताको तथा दोलखा चरीकोट स्थित भिमेश्वर मन्दिरको दर्शन गराएको थियो ।

नेपालका प्रमुख नदीहरु मध्येका दुधकोशी, तामाकोशी, सुनकोशी र अन्य धेरै रमणीय स्थानहरुको दृश्यावलोकन गराएको थियो । भ्रमण अन्यन्त फलदायी रहेको बताउदै सहकारीका सचिव मनोहरि सापकोटाले भ्रमणमा ४७ जना शेयर सदस्यहरुको सहभागिता रहेको बताए ।

कलम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष अर्जुन पोखरेलको संयोजनमा भएको उक्त भ्रमणमा दोलखाको चरीकोटमा रहेका २ ठूला सहकारी जनकल्याण र मिलिजुली सहकारी मध्ये मिलिजुली सहकारीको सदस्यहरुले अवलोकन गरेको कलम सहकारीका ब्यवस्थापक सन्तोष लामिछानेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width