भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७६
2017-12-28

पोखरा, ३० असोज । भिवोर क्यापिटल वैंक मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटल लि.को जारी पूँजीमा ५१% शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो ।

मुक्तिनाथ विकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजी बजार ( मर्चेण्ट बैंकिङ्ग ) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको वताएको छ । समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजी बजार क्षेत्रमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने बंैकले लक्ष्य लिएको छ ।

हाल बैंकले १२३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तील बहादुर गुरुङ्गले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width