९ नेपाली युवा वैज्ञानिक रुसतर्फ

एजेन्सी
असाेज २९, २०७६
Nepalese Scientist

पोखरा, २९ असोज । ९ जना नेपाली युवा वैज्ञानिकहरुले रुस पुगेर विभिन्न विषयमा प्रस्तुती दिने भएका छन् ।

सोमबारदेखि रुसमा सुरु भएको आठौं एसिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा विभिन्न कलेजमा अध्ययनरत ९ जना युवा सहभागी छन् । नेपाल पोलिमर इन्स्टिच्युटको पहलमा गत शनिबार सम्मेलनमा भाग लिन टोली रुस प्रस्थान गरेको हो । सम्मेलनमा साउथ वेष्टर्न स्टेट कलेजका स्वराज सागर प्रधान, ओमेगा कलेजका विवेक ढुङ्गाना, नाइटिङ्गेल स्कूलका अभिनभ गौलीले प्रस्तुती दिँदैछन् ।

त्यसैगरी आस्था स्कूलका अर्जुन सारु र दीक्षा सञ्जेल, काठमाण्डौं मोडेल कलेजका ऋषिकुमार गुप्ता, सेण्ट जेभियर्स कलेजकी आस्था शाह र कृतिश पोखरेलले पनि सम्मेलनमा प्रस्तुती दिने बताइएको छ । युनिग्लोब कलेजका वीरेन्द्र बुढा लगायतले विभिन्न विषय तथा क्षेत्रमा आफुले गरेका आविष्कार तथा खोजका विषयमा प्रस्तुती दिने छन् ।

साउथ वेष्टर्न स्टेट कलेजका प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिसमा प्रस्तुती दिँदैछनन् । ओमेगा कलेजका ढुङ्गानाले ट्राफिक मिटीग्रेशन इन म्याथमेटिकल वेमा प्रस्तुती दिने छन् भने नाइटिङ्गेल स्कूलका गौलीले हाइड्रो एग्रीकल्चर प्रोटोटाइपः मल्टिपल युज अफ वाटर रिसोर्सेज इन नेपाल विषयमा कार्यपत्र प्रस्तुत गर्दै छन् । टोलीका अरु सहभागीहरुले पनि विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दैछन् । अक्टोबर १४ तारिखमा सुरु भएको सम्मेलन २० तारिखसम्म चल्ने वताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width