शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७६
IMG_0821

असोज २८, पोखरा । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गीय मायादेवी शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ ।

पूर्णप्रसाद बराल, स्वर्गीय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पत्तिका छोरा समाजसेवी धर्मराज बराल भोलाले मंगलबार बराल निवासमै भएको एक कार्यक्रममा अक्षयकोष रकम हस्तान्तरण गरेका हुन् । अक्षयकोषको रकम ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।

अक्षयकोष रकमको चेक युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई हस्तान्तरण गरिएको थियो । पूर्णप्रसाद, स्वर्गीय मायादेवी शान्ति पत्रकारिता पुरस्कार प्रत्येक वर्ष शान्ति अध्यात्मिक तथा धर्मसंस्कारका क्षेत्रमा कमल चलाउने एकजना पत्रकारलाई प्रदान गरिनेछ । गत वर्ष पहिलोपटक पत्रकार राजबहादुर गुरुङलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँले पुरस्कृत गरिएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष बरालले शान्ति पत्रकारितामा संलग्न श्रमजीवी पत्रकारलाई प्रोत्साहन स्वरुप आफूले सहयोग गरेको बताए । मंगलबार नै स्वर्गीय आमा मायादेवी बरालको वार्षिकी परेको र वार्षिकी कार्यक्रममै रकम हस्तान्तरण गरेका उनले आगामी दिनमा अक्षयकोषको रकम बढाएर ५ लाख पु¥याउने आश्वासन समेत दिएका छन् । बरालले पत्रकारिता क्षेत्रमा आफूले सदैव सहयोग गरिरहने पनि बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, प्रेस युनियन कास्कीका सल्लाहकार डाक्टर बलराम उपाध्यय रेग्मी, शिराेमणाि बराल, प्रेस युनियन गण्डकी प्रदेश संयोजक टंक अधिकारी, केन्द्रीय सदस्य सरिता पँगेनी र ऋषिकान्त पौडेलले पुरस्कार स्थापना गरेकोमा बराल परिवारप्रति धन्यवाद दिदै स्वर्गाीय मायादेवी बरालको आत्माशान्तिको कामना गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रमको अध्यक्षता समेत गरेका युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले भर्खरै पत्रकारिता क्षेत्रमा प्रवेश गरेका र केही समयदेखि कलम चलाइरहेका श्रमजीवी पत्ररकारहरुका लागि समेत युनियनले केही नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको घोषणा गरे । सिग्लेदले युनियनका सचिव प्रदीप पौडेल र कार्यसमिति सदस्य महेन्द्र ढुंगाना अश्वस्थ रहेको जानकारी दिदै दुवैजनाको स्वास्थ्य लाभको कामना पनि गरेका थिए । कार्यक्रमको संचालन उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले गरेको थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width