३३ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७६
POK120617-1

हेमजा, २८ असोज ।कास्की आदर्श सेवा समाज युएईले सोमवार पोखरामा गरेको रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कास्की आदर्श अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तिलकशाली सापकोटाले रक्तदानलाई निरन्तरता दिएकोमा संस्था प्रति आभार प्रकट गर्दै मानव हितका कार्य मार्फत संस्थालाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिए ।उनले आफ्नो जन्मभूमिलाई सबैले माया गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

गायक तथा कास्की आदर्श अन्तराष्ट्रिय समन्वय परिषद्का सांस्कृतिक विभाग प्रमुख चोलेन्द्र पौडेलले समाजका सकारात्मक कार्यमा कलाकारको साथ रहने भन्दै समाजले सामाजिक कार्यमा जोड दिर्दै आएको बताए ।कार्यक्रममा कास्की आदर्श अन्र्तराष्ट्रिय समन्वय परिषद्का मध्यपुर्व क्षेत्र उपाध्यक्ष पुष्पराज अधिकारीले पनि रक्तदानको महत्व बारेमा भनाई राखेका थिए ।

‘कास्की आदर्श सेवा समाजको पहिचानः निःस्वार्थ समाज सेवा हाम्रो अभियानः एक थोपा रगत आफ्नै माटोका लागि’ नाराका साथ समाजले दोस्रो पटक कार्यक्रम गरेको हो ।समाजका अध्यक्ष केदार कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आजीवन सदस्य अस्मिता थापाले स्वागत तथा समाजका उपाध्यक्ष राजेश श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width