पाल्पाली समाजको सामूहिक टीका

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७६
palpali 2_Fotor

पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा सामूहिक रुपमा टीकाग्रहण, आशीर्वाद र प्रसादग्रहण कार्यक्रम भएको छ।

विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठ लगायत पर्वको शुभ अवसरमा कोजाग्रत पूर्णिमाको दिन आइतबार पोखरामा सामूहिक टीका लगाउने कार्यक्रम गरिएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए।

कार्यक्रममा पाल्पाली अग्रज ज्येष्ठ नागरिक ९७ वर्षीय खिमानन्द पाण्डे र उनकी धर्मपत्नी ८४ वर्षीया शिवकुमारी पाण्डे, ९१ वर्षीय लिलाभक्त आचार्यले सहभागी सबैलाई दसैको टीका लगाएर आशीर्वाद दिएका थिए। कार्यक्रममा करिब १ सय जना पाल्पालीले टीका तथा आशीर्वाद ग्रहण गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width