हेमजा बचतको १४ औं साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७६
hemja bachat progrem photo_Fotor

हेमजा बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभा उद्घाटन गर्दै कास्की बचत तथा ऋण सहकारी संघ अध्यक्ष सुदीप ढकालले रणनीतिक योजना बनाएर अगाडि बढ्न आग्रह गरे।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ कास्की सहायक इञ्चार्ज दीप्ति आचार्य, सहकारी अध्यक्ष समाज (कोप्स्) अध्यक्ष डिल्लीराम बराल, सल्लाहकार संयोजक मीनराज तिमिल्सिना लगायतले सहकारी संस्थाको महत्वमाथि प्रकाश पारेका थिए।

त्यस्तै पूर्व अध्यक्षद्वय रामचन्द्र त्रिपाठी, कृष्णप्रसाद त्रिपाठी, कैलाश विकास बैंक हेमजा शाखा प्रमुख माधव अधिकारी, गरिमा विकास बैंक हेमजा शाखा प्रमुख शंकरराज सापकोटा, गौरीशंकर बचत तथा ऋण सहकारी अध्यक्ष केशवशरण पौडेल, देवीस्थान कृषि सहकारी अध्यक्ष शालिकराम बास्तोला, तीवे्रकोट कृषि सहकारीका अध्यक्ष मधुसुदन त्रिपाठीले पनि बोलेका थिए।

त्यस अवसरमा कक्षा १२ उत्तीर्ण शेयर सदस्यका छोराछोरीमध्येबाट सवोर्त्कृष्ट अंक ल्याउने छात्रतर्फ ऋषभ खड्का र छात्रातर्फ वीपना त्रिपाठीलाई पुरस्कृत गरिएको थियो। त्यस्तै ८ जना छात्रछात्रालाई सम्मान गरिएको थियो।

सहकारी अध्यक्ष होतराज त्रिपाठीको प्रतिवेदन, सचिव विनोद त्रिपाठी, कोषाध्यक्ष विष्णु बास्तोला, लेखा समिति संयोजक ऋषिराम पौडेल, ऋण उपसमिति संयोजक राजेन्द्रप्रसाद बास्तोला, शिक्षा उपसमिति संयोजक विश्वमोहन पोखरेलले प्रस्तुत गरेको छुट्टाछुट्टै प्रतिवेदन पारित गरिएको छ।

सहकारी अध्यक्ष होतराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्रप्रसाद बास्तोलाले स्वागत र सचिव विनोद त्रिपाठीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width