सहारा क्लब अष्ट्रेलियाबाट सहयोग

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७६
sahara help_Fotor

सहारा क्लब अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेको दोश्रो सहारा कप–२०१९ बाट संकलित रकम सहारा क्लब पोखरालाई सहयोगस्वरुप प्रदान गरिएको छ।

प्रतियोगिताको फाइनल खेल हेर्न पुगेका दर्शक टिकटबाट संकलित ९९५ अष्ट्रेलियन डलर अर्थात ७७ हजार ६ सय १० रुपैयाँ पोखरामा सोमबार सहारा क्लब अष्ट्रेलिया अध्यक्ष राजमान थकालीले सहारा क्लब पोखरा अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका हुन्।

सहारा क्लब पोखराद्वारा सहारा फुटबल एकेडेमी सहयोगार्थ सो रकम संकलन गरेको अध्यक्ष थकालीले बताए। उक्त रकम अष्ट्रेलियामा नेपालीहरुले आयोजना गरेको फुटबल प्रतियोगितामा पहिलो पटक टिकट व्यवस्था थियो।

अष्ट्रेलिया नेपाली फुटबल एशोसिएसन (एन्फा) सहकार्यमा सहारा क्लब अष्ट्रेलियाले वार्षिक रुपमा आयोजना गर्दै आएको छ। प्रतियोगितामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको १६ टिमको सहभागिता थियो।

प्रतियोगितामा माछापुच्छ्रे एफसीलाई पराजित गर्दै सेनजोर्ज नेपलीज फुटबल टिमले उपाधि जितेको थियो। विजेताले २ हजार र उपविजेताले १ हजार डलर पुरस्कार प्राप्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width