जबरजस्ती करणीको आरोपमा २ पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज २७, २०७६
californias-proposition-47-crime-and-no-consequences-1

नवलपरासी, २७ असोज । जिल्ला प्रहरी कार्यालय नवलपुरले जबरजस्ती करणीको आरोपमा दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।कावासोती नगरपालिका १० मगरकोटका २३ वर्षीय कृष्ण महतो र १६ बर्षीय अस्मित कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले सँगै चटपट खाएर घर फर्कने क्रममा ती युवतीलाई घर नलगी खोलामा लगेर जबरजस्ती करणी गरेको युवतीले जनाएकी छन् । प्रहरीले युवतीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको जनाएको छ ।

पक्राउ परेका युवामाथि थप अनुसन्धान भईरहेको र जबरजस्ती करणी अन्तरगत मुद्दा चलाउने तयारी भएको नवलपुर प्रहरीले जनाएको छ । पीडित युवतीका आफन्तको जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width