मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि फार्मको निरीक्षण

आदर्श समाज सम्वाददाता
असाेज २७, २०७६
fam

पाेखरा, २७ असाेज  गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि फार्मको निरीक्षण गरेका छन् ।

कास्कीको रुपा गाउँपालिका–३ पोल्याङको नमूना कृषि गाउँको अबलोकन गरेका हुन् । गण्डकी प्रदेशका ३६ गाउँलाई नमूना कृषि गाउँको रुपमा विकास गर्ने गरी २०७५ चैत १० गते गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको औपचारिक रुपमा शुरुवात गरेको थियो ।

प्रदेश सांसदको सिफारिशमा ‘एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँको रुपमा विकास गर्ने गरी गण्डकी प्रदेशमा अहिले ३६ वटा निर्वाचन क्षेत्रमा ३६ वटा वातावरणमैत्री कृषि फार्म सञ्चालन भएको छ । कास्कीको रुपा गाउँपालिका वडानं ३ पोल्याङमा रहेको वातावरण मैत्री फार्म सांसद कोइरालाको सिफारिशमा गण्डकी प्रदेशको भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक सहयोगमा फार्म सञ्चालनमा आएको हो । सभापति कोइरालाले स्थानीयलाई फार्ममा पूर्वाधार निर्माण भएकोले अब ब्यवसायिक उत्पादनमा लाग्न आग्रह गरे ।

सांसद कोइरालाले किसानलाई परेको समस्या के छन भन्ने जिज्ञासामा किसानले प्राविधिकको अभाव भएको बताएका थिए । प्राविधिकको अभावमा आफूहरुलाई समस्या भएको पूर्वाधारको कामपनि केही पुरा हुन बाँकी रहेको गुनासो किसानको थियो । सांसद कोइरालाले मन्त्रालयसंग समन्वय गरेर केही दिनमा प्राविधिकको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले अवलोकनपछि फार्म ब्यवस्थित रुपमा सञ्चालन गर्न आग्रह गरे । आफू बेलाबेलामा निरीक्षणमा आउने बताउदै अध्यक्ष ओझाले अन्यठाउँको भन्दा राम्रो फार्म सञ्चालन गर्न आग्रह गरे । उक्त कृषि फार्ममा दुई समूहले बंगुर पालनसंगै प्लाष्टिक घर भित्र गोलभेंडा खेती गर्दे आएका छन ।

Related News

सम्बन्धित समाचार

hero news full width