राधा कृष्ण मन्दिरको अध्यक्षमा पुन पौडेल

आदर्श समाज सम्वाददाता
असाेज २७, २०७६
IMG_20191013_123421

हेमजा, २७ असोज । नर्वदेश्वर तथा राधा कृष्ण मन्दिर पोखरा २५ हेमजाको १६ औ साधारण सभा तथा ७ औं अधिबेशन आइतबार सम्पन्न भएको छ । सभाले निलकण्ठ पौडेलको अध्यक्षतामा ३ वर्षको लागी नयाँ कार्य समिति सर्बसमत चयन गरेको छ ।

समितिको उपाध्यक्षा शान्ता बानियाँ, सचिबमा तिलिक तिम्सिना, सहसचिबमा झङ्कनाथ तिम्सिना, कोषाध्यक्षमा बिष्णु अधिकारी चयन भएका छन । अन्य सदस्यहरुमा नारायण तिम्सिना, टिकाराम तिम्सिना, दानबहादुर थापा र पूजारी केसब गिरी रहेका छन ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य जीतबहादुर कार्कीले सफलताको शुभकामना दिदै सेवा नै धर्म भएको र सबै धर्मको सार एउटै भएको बताए ।

कार्यक्रममा बिष्णुपादुका माइस्थान धार्मिक क्षेत्र बिकास समितिका अध्यक्ष चुणमणि तिम्सिना, समाजसेवी भीमप्रसाद श्रेष्ठ, शिबकुमार श्रेष्ठ, खिमबहादुर थापा, कृष्णबहादुर थापा र शान्ता मञ्जरी लगाएतले बोलेका थिए ।

समितिका सदस्य दानबहादुर थापाले स्वगत गरि शुरु गरेको कार्यक्रममा समासेवी एवं शिक्षक जगत थापा, शान्ति आमा समूह र राधा कृष्ण आमा समूहलाई सम्मान गरिएको थियो ।समितिका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब तिलक प्रसाद तिमिल्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width