बेपत्ता श्रीपाली मृत फेला

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७६
burtibang-badigad-khola

पोखरा, २६ असोज । एक हप्ता अघि बागलुङको बडीगार्ड खोलामा खसेर बेपत्ता एक महिलाको शव आइतवार फेला परेको छ ।

असोज १९ गते विहान बडीगार्ड खोलामा फोटो खिच्ने क्रममा उक्त खोलाले बगाएर बेपत्ता भएकी बागलुङ तमानखोला गाउँपालिका–४ निवासी ३२ वर्षीया धनदेवी श्रीर्पालीको खोजी गर्ने क्रममा आइतवार विहान १२.०० वजे उनको शव फेला परेको हो ।

उनको शव बडीगार्ड गाउँपालिका–७ तुरतुरे ताल स्थित बडीगार्ड खोलाको किनारमा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width