पोखरा, २६ असोज । पोखरा महानगरपालिका– १३ आर्वा मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजना तथा आदर्श नाट्य समूहको सहकार्यमा हाम्रो समाज नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विजया दशमी तथा शुभ दीपावलीको अवसरमा सामाजिक जनचेतना मुलक नाटक हाम्रो समाज महाअष्टमीको दिन प्रर्दशन गरिएको थियो ।नाटकमा स्थानीय कलाकारहरु देवेन्द्र बराल (मुक्त्ति), हरिकृष्ण सिग्देल, सावित्री बराल, युवराज बराल, अनिता अधिकारी, हरि देवकोटा, यज्ञ बराल, सुभाष बराल, मोहन सिग्देल, राजन सिग्देल, नमूना बराल, परमेश्वर बराल, राम बराल, लक्ष्मण बराल, जीवन बराल, सुशान्त बराल, लगायत दुई दर्जन कलाकारले भाग लिएका थिए ।उक्त अवसरमा सम्पदा बराल, स्पन्दना बरालले नृत्य प्रस्तुत गरेका थिए ।
नाटकको लेखन तथा निर्देशन मोहरपानी आदर्श टोल विकास संस्थाका सचिव शिवराज बरालले गरेका थिए ।नाटकमा समाजमा रहेको कुसंस्कार तथा वेथिति जुवा तास, जाँड रक्सी, लागु औषध लगाएतका विकृति विसंगतीका विरुद्ध सचेतना मुलक रहेको टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
आर्वाको जागरण आमा समूहको भवनमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित पोखरेली ध्रुमुस राजेन्द्र नेपाली लट्टे र माग्ने बुढा युवराज भण्डारीको हास्य प्रहसन प्रस्तुत गरिएको थियो ।
पोखरा महानगरपालिका वडा नं. १३ की वडा सदस्य कमला विकले उद्घाटन गरेको कार्यक्रममा जागरण आमा समूहकी अध्यक्ष राधादेवि बराल (विद्या), सुमन बराल लगाएतले वोलेका थिए ।अध्यक्षता टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले र संचालन सचिव शिवराज बरालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
डाइनामिक पब्लिक लाइब्रेरी गण्डकी अध्यक्षमा वसन्त गिरी
जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहयोग
माछापुच्छ्रे का विद्यालयमा नेलम्बोको सहयोग
जनप्रिय माविले मनायो ५२ औं वार्षिकोत्सव
केशवराज रेग्मी प्रतिष्ठानद्वारा सम्मान
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७