५३ ट्याक्सी र चालक प्रहरी नियन्त्रणमा

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७६
Taxi_pokhara

पोखरा,२६ असोज । दशैंको समयमा पोखराका बिभिन्न स्थानहरुमा मिटरमा चल्न नमान्ने ४८ र मिटर नै जडान नगरेका ५ गरी ५३ ट्याक्सी र चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिटरमा संचालन गर्न नमानी आफुखुसी जथाभाबि भाडा लिने ४८ र मिटर नै जडान नगरी आफूखुसी ट्याक्सी संचालन गर्ने ५ गरी ५३ वटा ट्याक्सी र चालकलाई कार्बाहीको लागी कास्की प्रहरी र ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रण लिएको हो ।

यसअघि बिभिन्न तहबाट पटक पटक भएका निर्णयहरुको बेवास्ता गर्दै मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडा असुली र मिटरमा जान नमानी वढी पैसा बार्गेनिङ गर्ने गरेको गुनासो यात्रुले गरेपछि कास्की प्रहरी र ट्राफिकले ट्याक्सीमा छड्के गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।

यस्ता प्रवृतिको नियन्त्रण तथा निराकरण गर्न छुटै कार्ययोजना तयार गरी छड्के रुपमा चेकिङ, गस्ती, पेट्रोलिङ तथा स्वीप अपरेशन गर्ने गरिने जानकारी केसीले दिए । शनिवार गरिएको छड्के चेकिङमा त्यो संख्यामा ट्याक्सी र चालक नियन्त्रणमा लियएको हो ।

ती ट्याक्सीलाई कानून बमोजिम कारवाही गरिने जानकारी केसीले दिए । साथै यदी कुनै ट्याक्सी मिटरमा जान नमानी आनाकानी, जवरजस्ती वा वार्गेनिङ गरेमा प्रहरीलाई उजुरी गर्न समेत आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width