कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो महाधिवेशन

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७६
kaski samaj

पोखरा २६, असोज । संघीय सभाका सांसद खगराज अधिकारीले विदेशमा रहेर नेपालको माया गर्ने नेपालीले आफ्ना सन्तानलाई पनि नेपाली हुन सिकाउन सुझाव दिएका छन् ।

कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै अधिकारीले प्रश्न गरे तपाईंको मनमा त नेपाल छ तर तपाईंका छोराछोरीको मनमा के छ ? उनीहरुलाई नेपालको संस्कृति र प्रकृतिकाका बारेमा जानकारी दिएर सुसंस्कृत गर्नुहोस् ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद कुमार खड्का, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सी.ले अब भविष्य यही छ भन्ने सन्देश विदेशमा रहेका नेपालीलाई दिनु जरुरी भएको बताए । उता सिकेको सीप, ज्ञान र प्रविधिलाई आफ्नै ठाउँमा लगाउन आग्रह गरे ।

उक्त अवसरमा नेकपाका कृष्ण थापा, दीपक कोइराला, मनबहादुर गुरुङ, प्रभा कोइराला, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, मादी गाउँपालिकाका अध्यक्ष श्याम गुरुङ, पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, संरक्षक कुलप्रसाद गुरङ, विश्व आर्दश पण्डित, शुक्रराज न्यौपाने, हिमाल गुरुङ, सुदन थापा, गिरीप्रसाद गुरुङ लगायतका व्यक्तित्वले शुभकामना दिदैं पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सक्कली राजदूत गैर आवासीय नेपाली भएको बताए ।

बन्द सत्रले आगामी दुई वर्षका लागि गोविन्द पौडेलको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । परिषद्को वरिष्ठ उपाध्यक्षमा सुन्दर पौडेल, महिला उपाध्यक्षमा सीता बराल, उपाध्यक्षहरु निरज थापा, तिलकशाली सापकोटा, सम्मरबहादुर बुढाथोकी, सन्तोष थापा, पुष्पराज अधिकारी, शिवप्रसाद पौडेल छानिएका छन् ।

महासचिव हंशराज ढकाल क्षेत्री, उपमहासचिव गोविन्दप्रसाद तिमिल्सिना, मनोजकुमार सैंजु, कोषाध्यक्ष गणेशराज पहारी, सहकोषाध्यक्ष लक्ष्मी गिरी, महिला संयोजक पुजा शाह, युवा संयोजक सुरेश गिरी, एसिया प्यासेफिक क्षेत्रीय संयोजक नवराज गौतम, नेपाल च्याप्टर संयोजक शोभाकर भण्डारी, सहसंयोजक खिमबहादुर कार्की, सचिव अमृत आचार्य केन्द्रीय सदस्यमा शिव गिरी सर्वसम्मत रुपमा चयन भएका छन् ।

परिषद्को पदेन सदस्यमा प्रेमबहादुर क्षेत्री बहराइन, विश्वबन्धु थापा कतार, केदार कुँवर युएई, कृष्णप्रसाद सुवेदी पोर्चुगल, रमेश खत्री क्यानडा, केदारनाथ ढुंगाना स्पेन रहेका छन् । नेतृत्व छनौटका लागि गोपीकृष्ण काफ्लेको संयोजकत्वमा निर्वाचन मण्डल बनेको थियो । जसका सदस्यमा चित्र केसी., पूर्ण तिमिल्सिना, लक्ष्मण बानियाँ, चोलेन्द्र पौडेल रहेका थिए ।

नेपाल च्याप्टरका संयोजक निरज थापाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष गणेशराज पहारीको आर्थिक प्रतिवेदन, महासचिव गोविन्द पौडेलको वार्षिक प्रतिवेदन साथै विधान संशोधनको प्रस्ताव र उपाध्यक्ष सुन्दर पौडेलले आगामी दुई वर्षका लागि तयार गरेको नीति तथा कार्यक्रम एवम् रणनीतिक योजनामाथि छलफल गरि बन्द सत्रले पारित गरेको थियो ।

परिषद्का अध्यक्ष पूण तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चित्र सुवेदीले स्वागत मन्तव्य राखेको थिए भने सञ्चालन गोविन्द पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width