सत्र समझदारीमा हस्ताक्षर

Avatar एजेन्सी
असाेज २६, २०७६

काठमाण्डौ, २६ असोज । नेपाल र चीनबीच १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ।चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ समझदारी पत्रमा हस्ताक्षर भएको हो।

दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ। त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ।

यसबाहेक स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको छ। त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ।

नेपाल र चीनबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा आइतवार नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

डा. केसीका माग सम्बोधन गर्न साझा पार्टीको माग

समृद्धिको लागि मेरो उम्मेदवारी– विद्या

मेरो प्रतिस्पर्धा नेकपासंग हो -उम्मेदवार पौडेल

लुटतन्त्र मच्चाउनेलाई भोट नदेऊ : थापा

प्रमुख समाचार

स्कुटर दुर्घटनामा पौडलको मृत्यु