किसान सहकारीमा मोतिराम

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७६
72301740_2726481457370466_5903987260558147584_n

हेमजा, २६ असोज । बहुउदेश्यीय किसान सहकारी संस्था लि. पोखरा २५ हेमजाको १७ औ वार्षिक साधारण सभा तथा १० औं अधिबेशन शनिबार सम्पन्न भएको छ । सभाले मोतिराम तिमिल्सिनाको अध्यक्षतामा ३ वर्षे नयाँ कार्य समिति सर्बसमत चयन गरेको छ ।

उपाध्यक्षमा ऋषि तिम्सिना, सचिबमा गोबिन्दराज पौडेल, कोषाध्यक्षमा बुद्धिप्रसाद बाँस्तोला र सहसचिबमा धनकुमारी पोखरेल तिम्सिना चयन भएका छन । त्यस्तै अन्य सदस्यहरुमा झङ्कनाथ तिमिल्सिना, मिलन बाँस्तोला, अप्सरा तिमिल्सिना र लक्ष्मी तिम्सिना रहेका छन । दुर्गादत्त पौडेलको संयोजकतोमा लेखा सुपरीक्षण समिति गठन भएको छ । जसको सदस्यमा लक्ष्मण तिमिल्सिना र संजय(राम) घर्ती रहेका छन ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरवण तिवारीले सफलताको शुभाकामन दिदै सहकारीको कामको बिषयमा बताए । उनले हेमजा कृषि उत्पादनमा अगाडि भएकोले यस सस्थाले कृषिमा लगानि गरेको उल्लेख गरे ।
कार्यक्रममा अनबरत कृषि सहकारीका अध्यक्ष मोतिराज तिमिल्सिना, सल्लाहाकार शोभाकर तिमिल्सिना, फुलदेब तिमिल्सिना, लेखा परीक्षक रुद्रनाथ पौडेल र सदस्य जितबहादुर कार्कीले बोलेका थिए ।

उपाध्यक्ष लल्मण तिमिल्सिनाले स्वगत गरि सुरु गरेको कार्यक्रममा शिक्षा उपसमिति संयोजक बुद्धिप्रसाद बाँतोलाले सहकारीका सात सिदान्त बाचन गरेका थिए । कार्यक्रममा २०७५ सालमा एसईई उत्तीण हुन सफल प्रयास श्रेष्ठलाई सम्मान गरिएको थियो । सो अबसरमा उत्कृष्ट कारोबार गरेकोमा पुष्पादेबि श्रेष्ठ, नवराज के.सी र सदीक्षा अधिकारीलाई दोसला र प्रमाण पत्रले सम्मान गरियो । त्यस्तै कृषक तर्फ दिलिप अधिकारी, तारा थापा, शोभा आचार्य तिम्सिना र शिब कार्की सम्मानित भए ।सस्थाका अध्यक्ष धर्मराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब मोतिराम तिम्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width