दुर्घटनामा २ घाइते

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७६
000

पोखरा, २५ असोज । म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–६ घारा देउरालीमा विहीवार ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

गौडाखर्कतर्फ जाँदै गरेको ग १ त ४५७८ नम्बरको ट्याक्टर देउरालीको सडक खण्डमा अनियन्त्रित भई सडकबाट अंन्दाजी ५० मिटर तल खस्न जाँदा ट्याक्टरमा सवार अन्नपूर्ण गाउँपालिका–६ निवासी ३५ वर्षीय जम दर्जी र सोही स्थान निवासी १९ वर्षीय कृष्ण दर्जी घाईते भएका हुन् ।

घाइते दुवैको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको प्रहरीले जानकारी दएको छ । उक्त स्थानमा तत्कलै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width