फोटो फिचर: च्यांग्राको मूल्य घटेर न्यूनतम रु १९ हजार

अष्टमीको दिन हिजोअस्ती भन्दा मूल्य घटेकाे हाे

Suraj Hazare Dahal
असाेज १९, २०७६
DSC_1332

पाेखरा, असाेज १९:  लेखनाथ बुढीबजारबाट च्यांग्रा खरिद गर्न आएका कृष्ण हमालले पोखराको हरिचोकमा कालाे रङको च्यांग्रा रु १९००० तिरेर किने । उनका अनुसार आज अष्टमीको दिन हिजोअस्ती भन्दा मूल्य धेरै घट्ने भएकोले ग्राहकलाई फाइदा भएको छ । हेमजासम्म च्यांग्रा हेर्ने गएका उनले अन्तमा शुरुमै हेरेको ठाउँ हरिचोकको उकालोमा च्यांग्रा खरिद गरेका थिए । शुरुवाती घटस्थापनाको बेला साइज हेरी रु ३५००० प्रति गोटा बिक्री भइरहेकोमा आज मूल्यमा गिरावट आएको हो । मुस्ताङबाट ८६ वटा च्यांग्रा लिएर आएका गणेश शाहीका अनुसार आज सर्वसाधरणले खरिद गर्ने अन्तिम दिन भएकोले भोलि फ्रेस हाउसलाई सस्तोमा दिनुभन्दा सबैभन्दा साना साइजको च्यांग्रालाई १९ हजार रुपैयाँमा दिइरहेको बताए । रोजेर भनेर रु २१ हजारमा च्यांग्रा बेचिरहेका छन् । दिउँसोको ४ बज्दासम्म उनीसँग अब १८ वटा च्यांग्रा बाँकी छन् । अधिकांशले अष्टमीकै दिन काटमार गर्ने हुँदा आज केही सस्तोमा पाइने भन्दै खरिद गर्न आउने गर्छन् । वर्षको अन्य समय खसी खाइने भए पनि च्यांग्राको मासु बिना पोखरेलीको दशैं खल्लो हुने गर्छ । केही ग्राहक भने साँझ परेपछि अझै घट्ने भन्दै यताउता चहारिरहेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width