फोटो फिचर : पोखरामा सेना र प्रहरीले भित्राए फूलपाती

Suraj Hazare Dahal
असाेज १८, २०७६
1

पोखरा, असोज १८ : नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज गुल्म तथम गणमा फूलपाती भित्राएका छन् । फूलबारी ब्यारेकबाट बाजागाजा सहित निस्केको नेपाली सेनाको टोली तथा चिप्लेढुंगाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विन्दवासिनी मन्दिरमा बढाइ गरेका थिए । घटस्थापनाबाट शुरु भएको नेपालीहरुको महान् पर्व बडा दशैंको रौनक भने आज सातौं दिन अर्थात फूलपातीको दिनबाट छाएकाे छ । घटस्थापनाको दिनदेखि पूजार्चना गरिएको कोठामा उखु, धानको बाला, बेलपत्र, अशोकको फूल, केराको बोट आदि भित्राउने परम्परा छ ।  तस्विर : सुरज हजारे दाहाल

Related News

सम्बन्धित समाचार

hero news full width