समाजवादीद्वारा २६ जना प्रस्तावित

कास्की क्षेत्र २ उपनिर्वाचन

आदर्श समाज सम्वाददाता
असाेज १७, २०७६
samajwadi 2

पोखरा, १७ असोज । समाजवादी पार्टीले कास्की क्षेत्र २ मा हुने उपनिर्वाचनको लागि सम्भावित उम्मेदवारमध्ये २६ जनाको नाम प्रस्ताव गरेको छ ।

समाजवादी पार्टी कास्की र पोखरा महानगर समितिको आयोजनामा उपनिर्वाचनका लागि उम्मेदवारबारे विहीवार पोखरामा भएको छलफलमा २६ जनाको नाम प्रस्ताव भएको पार्टीका कास्की अध्यक्ष गिरीप्रसाद गुरुङले जनाए ।

महानगर, जिल्ला, प्रदेश, तमुवान राष्ट्रिय समिति, केन्द्रीय समितिका नेताहरुको सहभागीता रहेको सो छलफलपछि गणेशमान गुरुङ, डिवी नेपाली, देवीप्रसाद सुवेदी, धनप्रसाद तामाङ, सुन्दर गुरुङ, हेमबहादुर थापा, देविराज गुरुङ, हुमबहादुर गुरुङ, रामबहादुर नेपाली, पानबहादुर घर्ती, दीपक तामाङ, गिरीप्रसाद गुरुङ, टीकाराम पौडेल, धर्मराज गुरुङ, श्रीधर पौडेल, हरि बस्ताकोटी, पार्वती जिसी, श्याममाया पुन, लक्ष्मी खाती, ज्ञानु आचार्य, मृगसिंह गुरुङ, किसन विश्वकर्मा, शम्भु खाती, मधुकर न्यौपाने, कुलबहादुर भुजेल, राजु क्षेत्रीको नाम प्रस्ताव आएको छ।

यद्यपि पार्टीले सम्बन्धित क्षेत्रकै नेतालाई उम्मेदवारीमा प्राथमिकता दिइने, टुरिष्ट उम्मेदवार नबनाउने प्रदेश इञ्चार्ज गणेशमान गुरुङले बताए । प्रस्ताव भएका नामावलीमध्ये छलफल गरी छिट्टै कास्की जिल्लाले उपल्लो समितिलाई ३ देखि ५ जना नेताहरुको नाम सिफारिस गर्ने कास्की अध्यक्ष गिरीप्रसाद गुरुङले बताए ।

कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर समितिका अध्यक्ष टीकाराम पौडेलले संचालन गरेका थिए । सो अवसरमा सहभागीले दसैं तिहारको शुभकामना आदानप्रदान गरे ।
..

Related News

सम्बन्धित समाचार

hero news full width