भेंडाच्याङ्ग्रामा अनुगमन

आदर्श समाज सम्वाददाता
असाेज १७, २०७६
20191003_120154 (1)

पोखरा, १७ असोज । गण्डकी प्रदेश अनुगमन टोलीले विहीवार पोखरामा बिक्रीका लागि राखिएका भेडाच्याङ्ग्रा र खसीबोकाको मूल्य र स्वास्थ्यका बारेमा अनुगमन गरेको छ ।

पोखराको सिम्पानी, याम्दी र हेम्जा क्षेत्रमा दसैंका लागि बिक्रीमा राखिएका भेडाच्याङ्ग्रा र पोखरा चाउथे स्थित खसी बजारमा खसीबोकाको स्वास्थ्य अवस्था र मूल्यको बारेमा अनुगमन गरिएको हो ।

अनुगमन टोली पशु चिकित्सक सहित त्यहाँ पुगेको थियो । दसैंका लागि स्वस्थ्यकर मासु उपभोक्ताले उपभोग गरुन र मूल्यमा एक रुपता ल्याउन अनुगमन गरिएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीका निर्देशक गोकुल शर्मा पौडेलले जानकारी दिए ।

टोलीले विरामीभई झोक्राएका र छेरेका, भेडाच्याङ्ग्रा, खसीबोका उपभोक्तालाई बिक्री नगर्न निर्देशन दिएका छन् । यदी विरामी भएको त्यस्ता वस्तुलाई औषधि खुवाएको छ भने ती पनि बिक्री नगर्न निर्देशन दिइएको छ । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ताले पूरा पैसा तिरेपछि स्वच्छ मासु उपभोग गर्न पाउनु पर्ने बताए ।

त्यसैगरी अनुगमन टोलीले तरकारी वजार स्थल शान्तिवन, पोखरा चिप्लेढुंगा स्थित माछा पसल र फलफूल पसलमा समेत अनुगमन गरिएको थियो । फलफूलको मूल्यमा थोक र खुद्रा मूल्यको फरक वढी पाइएकाले कम नाफा लिन निर्देशन दिइएको थियो । पछिल्लो समय पोखरामा बजार अनुगमनलाई तीव्रता दिइएको छ । यस अघि खाद्य पसल तथा उद्योगहरुमा अनुगमन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width