ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

rss रासस
असाेज १६, २०७६

हेटौँडा, १६ असोज । ट्र्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७ नंको ट्र्याक्टर भैरवडाँडामा दुर्घटना हुँदा दर्लामीको मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । तीव्रगतिका कारण अनियन्त्रित भएर ट्र्याक्टर सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

लडेर पर्यटकको मृत्यु

भीरबाट लडेर मृत्यु

सवारी दुर्घटनामा ७ घाइते

गैडाकोटमा बलेरो दुर्घटना, १४ जना घाइते

प्रमुख समाचार

मन र मत परिवर्तन गर्ने समय आयो-केसी

थप प्रमुख समाचार