ज्येष्ठ नागरिकलाई नगर पिता र आमाको सम्मान

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
jestha photo_Fotor

२९ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। त्यस अवसरमा ११० वर्षीया गौरी आचार्य र १०७ वर्षीय पदमबहादुर गुरुङलाई सम्मान गरिएको हो।

पोखरा ११, काँहुकी आचार्य र पोखरा ३३ का गुरुङलाई नगद १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले सम्मान गरेका थिए । महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिकमध्ये २ जनालाई सम्मान गर्दै आएको छ। महानगरले उनीहरुलाई नगर पिता र नगर आमाको रुपमा सम्मान गरेको हो। कार्यक्रममा महानगर प्रमुख जिसीले सम्मानले सकारात्मक सोचको विकास गराउने बताए। उनले ज्येष्ठ नागरिकको मनमा चोट पुग्ने काम कसैले पनि गर्न नहुने र उनीहरुलाई सम्मानपूर्वक बाच्ने वातावरण मिलाउनुपर्ने बताए।

उनले ज्येष्ठ नागरिकको लागि ज्येष्ठ नागरिक क्लब निर्माण गर्ने सोच महानगरपालिकाले बनाएको बताए।

उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर महानगरले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको बताइन्।

उनले जनप्रतिनिधि आइसकेपछि ज्येष्ठ नागरिकले पाउने भत्तामा १० प्रतिशत थपेर महानगर भित्रका सबै ज्येष्ठ नागरिकलाई भत्ता दिइएको जानकारी दिइन्। पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोला, निर्मलपोखरी ज्येष्ठ नागरिक समितिका अध्यक्ष भूपेन्द्र गिरी, सामाजिक विकास महाशाखाका प्रमुख निर्मला शर्मा र महाशाखाका विष्णुमाया पौडेल लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width