पूर्व कर्मचारी बचतमा जेष्ठ सदस्य सम्मानित

Avatar आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६

पूर्व कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखराको १० औं साधारण सभा मंगलबार सम्पन्न भयो।

संस्थाका प्रमुख सल्लाहकार कृष्णप्रसाद भण्डारीले उक्त सभाको उद्घाटन गरेका थिए।

त्यस अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरु बासुदेव बराल, गनबहादुर घर्ती र पार्वती बराललाई सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष कुलप्रसाद भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख व्यक्तित्व भण्डारी सहित संस्थाका संरक्षक कृष्णकान्त सिग्देल, स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, पूर्व कर्मचारी सेवा परिषद्का केन्द्रीय प्रतिनिधि पिताम्बर बराल, सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवित्रा केसी, सृजना विकास केन्द्रका कोषाध्यक्ष कमला गिरीतत लगायतले शुभकामना मन्तव्य राखेका थिए। उपाध्यक्ष राजराजु अधिकारीको स्वागत तथा सञ्चालन रहेको उक्त सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक लक्ष्मण कार्की र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शिरपति शर्मा लामिछानेले प्रस्तुत गरेका थिए।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

‘सीको भ्रमणपछि उत्साह’

समाजसेवाको नृत्यमा रसाइली प्रथम

पाल्पाली समाजको सामूहिक टीका

सी गएपछि बल नेपालको कोर्टमा

बन्दीपुरमा पर्यटक चहलपहल

प्रमुख समाचार

मन्त्रिपरिषद् हेरफेर हुँदै