राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा फेवाताल संरक्षणको माग

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
rpp_Fotor

पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवाताल दिनप्रतिदिन कुरुप बन्दै गएकोमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले उचित संरक्षणको माग गरेको छ।

पछिल्लो समय जलकुम्भी झारले अति समस्या बनाएको तालमा झार हटाउन सरकार तथा सम्बन्धित निकायले निकै ढिला गरेको भन्दै तत्काल आधुनिक प्रविधि प्रयोग गरी हरेक वर्ष हुने यसखालको समस्या दीर्घकालीन रुपमै समाधान खोज्न माग गरेको हो।

तालको उचित संरक्षणको माग गर्दै संगठन कास्कीले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीसमक्ष ज्ञापनपत्र बुझाएको जनाएको छ।

संगठनका गण्डकी प्रदेश अध्यक्ष एवं केन्द्रीय सचिव हिक्मतजंग कार्कीले प्रजिअ केसीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै पोखराको गहनाको रुपमा फेवाताल बेवारिसेजस्तै बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उचित संरक्षणमा चासो दिन माग गरे। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका तर्फबाट जिल्ला अध्यक्ष विजय भण्डारी र सचिव सौरभ त्रिपाठीद्वारा संयुक्त हस्ताक्षरित ज्ञापनपत्रमा ड्यामसाइडमा रहेको फेवातालको ड्याम पुरानो रहेको र त्यसबाट भविष्यमा सम्भावित दुर्घटना निम्तिन सक्ने भन्दै ड्यामलाई आधुनिक तथा विशिष्ट प्रविधिबाट पुनःनिर्माणको माग समेत गरिएको छ।

यस्तै, पोखराको सडक मर्मत सम्भार तथा सरसफाइ हुन जरुरी रहेको र यस्ता भौतिक पूर्वाधारको विकास तथा पुनःनिर्मामा हुने चलखेल तथा अनियमितताले जनतालाई सास्ती भएको दाबी गर्दै अनियमित घटनाको उचित छानबिन गरी कारबाहीको मागसमेत ज्ञापनपत्रमा मार्फत गरिएको छ।

साथै हालै भरतपुरमा भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि निर्धात रुपमा कुटपिट तथा मरणासन्न हुने गरी भएको हमलाले राष्ट्रकै शान्तिसुरक्षामाथि प्रश्नचिन्ह खडा भएको र सो आक्रमणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा सजायको माग गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width