फेस्टिवल मार्केटमा ७३ हजार दर्शक

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
Festival Market Concluded_Fotor

दसैं, तिहार तथा छठ लगायत चाडपर्व लक्षित गर्दै राजधानीको भृकुटीमण्डपमा असोज ९ देखि शुरु फेस्टिवल सपिङ मार्केट समापन भएको छ।

पाँच दिनसम्म चलेको फेस्टिवल मार्केटमा सहभागी ७३ हजार अवलोकनकर्तामध्ये सुन्दर महर्जनले बजाजको डिसकभर मोटरसाइकल जितेका छन्। दसैं मेला समापनको दिनमा भएको गोलाप्रथाबाट सुन्दर महर्जनले बजाजको डिसकभर बाइक जितेका हुन्।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालित फेस्टिवल सपिङ मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, खाद्यान्न, छालाका उत्पादन, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामग्रीका सयभन्दा बढी स्टलहरु राखिएका थिए।

आयोजकले फेस्टिवल मार्केट अवलोकन गर्न पुगेका तथा सामान किन्नेलाई दैनिक रुपमा आकर्षक उपहार वितरण गरेको थियो। मार्केटलाई काठमाडौं उद्योग वाणिज्य संघ, ललितपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघले प्रवद्र्धन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width