सहकारीका शेयर सदस्यलाई डेंगु सचेतना

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
shreejana (1)

पोखरा, १३ असोज । देशका अधिकाशं जिल्लामा फैलिएको डेंगु रोगका बारेमा पोखराको एक सहकारीले सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण फैलिइरहेको अवस्थामा संस्थाले आमन्त्रित अतिथि तथा शेयर सदस्यलाई यस सम्वन्धी सचेतना कार्यक्रम गरेको छ ।

पोखरा–१७ मा कार्यालय सञ्चालन गरी कारोवार गर्दै आएको सफल बचत तथा ऋण सहकारी संस्थाले १२ औँ वार्षिक साधारणसभाको अवसरमा एक घन्टाको डेंगु सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । सामाजिक विकास मन्त्रालयका खोप अधिकृत एकनारायण लम्सालले सहभागीलाई रोग सम्बन्धी जानकारी गराउँदै हरेक घर, टोल र वडामा लामखुट्टेको बासस्थान तथा लार्भा निरन्तर नष्ट गर्नुपर्ने बताए ।

डेंगु लामखुट्टेको लागि २५ देखि ४० डिग्रीको तापक्रम उपयुक्त हुने हुँदा पोखरामा बाह्रै महिना सचेत रहनु पर्नेमा सचेत गराइएको थियो । महानगरमा हाल हप्तामा दुई दिन खोज र नष्ट गर अभियान सञ्चालन भइरहेपनि यसलाई वर्षभरिनै निरन्तरता दिनुपर्नेमा जोड दिए ।

स्वास्थ्य प्राविधिकले मात्र रोग नियन्त्रण सम्भव नहुने भएकाले सर्वप्रथम प्रत्येक व्यक्ति आफै सचेत हुनुपर्नेमा जोड दिँदै लम्सालले भने गत वर्ष कात्तिक देखि पुस महिनासम्म प्रदेशमा ७ सय जनामा देखिएको रोग यस वर्ष असोजको पहिलो हप्तासम्ममा तीन हजारमा देखिएकाले सम्वेदनशील बन्नु अपरिहार्य छ ।
कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले कार्यक्रमको उद्घाटन गर्दै सदस्यहरुलाई सचेतना कार्यक्रम गरेर संस्था सदस्यप्रति जिम्मेवार बनेको उल्लेख गरिने ।

संस्थाका अध्यक्ष हरि बास्तोलाले पोखरामा प्रकोपको रुपमा देखिएको डेंगु व्यक्ति, परिवार, टोल हुँदै फैलने भएकाले सदस्यहरुलाई यसबाट सुरक्षित बनाउने लक्षयका साथ सचेतना कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा संस्थागत विकासमा उल्लेखनीय योगदान पु¥याउनु संस्थाका संस्थापक अध्यक्ष अनिलकुमार शाही र निवर्तमान अध्यक्ष हरिप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width