डायमण्डमा पढाइ महोत्सव

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
Padai mahotsav_Fotor

लेखनाथको तालचोकस्थित डायमण्ड माविमा दोस्रो पढाइ महोत्सव सम्पन्न भएको छ।

कक्षा नर्सरीबाट ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको पढाइमा रुची बढाउँदै पढ्ने कला विकास गर्ने उद्देश्यले पढाइ महोत्सव गरिएको हो।

कार्यक्रममा विद्यार्थीले अंग्रेजी र नेपाली भाषाका कथा, प्रबन्ध कविता विधामा सामूहिक वाचन प्रस्तुत गरेका थिए।

तहगत रुपमा अक्षर, शब्द, वाक्य, निवेदन, चिठी, संवाद, चित्रकथा, सूचना, बधाईपत्र, समवेदनापत्र, विज्ञापन आदिको नमूना वाचन प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि पोखरा २७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले कलिलो उमेरमा बालबालिकाको पठनपाठनमा अभिरुची बढाउन सके विद्यार्थीको पढाइमा राम्रो हुने बताए।

स–साना बाबुनानीको सर्वाङ्गीण विकासका लागि घर र विद्यालयको वातावरण सिकाइ अनुकूल हुनुपर्नेमा जोड दिँदै गरिएको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको विद्यालय निदेर्शक माधवशरण उपाध्यायले बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज लामिछानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका व्यवस्थापक हरि लामिछानले स्वागत मन्तव्य तथा सुष्मा पौडेल र कविता गुरुङले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width