त्रिकोणात्मक टी–२० क्रिकेट: सिंगापुरमाथि नेपालको शान्दार जित

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७६
SI_M0294 (1)

पोखरा । सिंगापुरविरुद्वको त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा कप्तान पारस खड्काको शतक प्रहार मद्दतमा नेपालले सिंगापुरविरुद्ध शान्दार जित हात पारेको छ ।

पारसकै कीर्तिमानीमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको हो ।

जितसँगै नेपालका कप्तान पारस खड्काले विश्व कीर्तिमान कायम गरेका छन् । सिरिज अन्तरगत सिंगापुरविरुद्वको खेलमा कप्तान पारसले शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका हुन् । पारस टी–२० मा लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने पहिलो कप्तान समेत बनेका छन् ।

उनले ५२ बलमा १ सय ६ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले ९ छक्का र ७ चौकाको मद्दतले उक्त रन बनाएका थिए । ओपनर ईशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको इनिङ्स उकासे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए ।

सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मनप्रित सिंहले १५ रन बनाए । नेपालका लागि करण केसीले २ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

जिम्बावे एक खेलबाट २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । एक खेलबाट अंक विहीन सिंगापुर तालिकाको पुछारमा छ ।

सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै, बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width