तिलानदीमा झोलुङ्गे पुल निर्माण

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७६
Tilanadi

लमजुङ । लमजुङको तिलानदी झोलुङ्गे पुल निर्माण गरिएको छ । सदरमुकाम रहेको बेसीशहर नगरपालिका– ४ पुरानोकोट र सुन्दरबजार नगरपालिका– ३ को दुराडाँडा जोड्न गरी तिलानदी झोलुङ्गे पुल निर्माण गरिएको हो ।

पुल नहँुदा काठे पुलमा जोखिम मोलेर आवातजावत गर्न बाध्य नागरिकलाई फाईदा पुगेको पुल निर्माण उपभोक्ता समितिका सचिव गुरुप्रसाद ढुङ्गानाले बताए । उनका अनुसार निर्माण गरिएको उक्त पुलको लम्बाई ७५ मिटर र चौडाई १ मिटर ४० सेन्टिमिटर रहेको छ ।

कुल कुल २६ लाख ९२ हजार ३ सय ६५ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त पुल नेपाल सरकारको स्वीकृत बजेट २०७३/७४ को झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत पुल निर्माण गरिएको हो ।

उक्त पुल निर्माणका लागि नेपाल सरकारबाट २ लाख ९२ हजार ८ सय ६० रुपैया, स्वापबाट २१ लाख ७३ हजार ५सय १२ रुपैयाँ ४ पैसा, तत्कालीन जिविसबाट ८५ हजार २० रुपैयाँ ८५ पैसा र जनश्रमदानबाट ५५ हजार ५ सय बेहोर गरिएको पुल निमार्ण उपभोक्ता समितिका सचिव गुरुप्रसाद ढुंगानाले जानकारी दिए । उनका अनुसार पुल निर्माण भएसंगै स्थानीय घाँसपात गर्न, बेसी आउन जान, विशेष गरी विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सजिलो भएको स्थानीयले बताएका छन् । यसअघि काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्नु पर्दथ्यो भने वर्षाको बेलामा कहिलेकाही मानिसलाई बगाउने समेत गरको दुःखद घट्ना बेहोर गर्नु परेको पनि पुल निमार्ण उपभोक्ता समितिका सचिव गुरुप्रसाद ढुंगानाले बताए ।

बेसीशहर नगरपालिका मेयर गुमानसिंह उक्त अर्यालले पुलको उदघाटन गर्दै पुलले दुई स्थानीय तहका बासिन्दालाई आवातजावातमा सहज बनाएको बताए । पुल निर्माण भएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै