हङकङ व्युटी इन्स्टिच्युटमा दीक्षान्त

सांसद गुरुङको वृत्तचित्र प्रदर्शन

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७६
beauty_Fotor

हङकङ व्युटी इन्स्टिच्युट प्रालिको ३४ औं वार्षिकोत्सव तथा क्लारा इन्टरनेश्नल स्पाः एवं व्युटी कलेजको चौथो वार्षिकोत्सव अवसरमा विहीवार विद्यार्थीलाई दीक्षित गरिएको छ। सो अवसरमा प्रालि संचालक समेत रहेकी सांसद मीना गुरुङको जीवनीमा आधारित वृत्तचित्रसमेत प्रदर्शन भयो।

क्लारा इन्टरनेश्नल एस्थेटिक कलेजबाट डिप्लोमा कोर्ष पूरा गरेका २२ जना युवतीलाई प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनमगर र संचालक मीना गुरुङले दीक्षित गर्दै प्रमाणपत्र प्रदान गरे। पोखराको महेन्द्रपुलमा रहेको सो व्युटी इन्स्टिच्युट पोखराको पुरानो व्युटी इन्स्टिच्युट हो। इन्स्टिच्युटले सीटीइभीटीमा आधारित रही विभिन्न तहमा व्युटीसम्बन्धी कोर्स दिलाउँदै आएको छ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले प्रदेशका जनतालाई आत्मनिर्भर र व्यावसायिक बनाउन स्थानीयको आवश्यकता आधारमा प्रदेशका ८५ वटै स्थानीय तहमा तालिम संचालन गरिने बताइन्। उनले भनिन्, ‘तालिममा गएर भत्ता पाउने र आफ्नो जीविकोपार्जन गर्ने हिसाबले पहिला धेरै तालिम दिलाउने चलन थियो। अब त्यसो नभइ स्थानीयको आय आर्जन र सीपको प्रबद्र्धन गर्न माग अनुसारको तालिमको व्यवस्था गर्छौ। ’

भोलि केही गरौं भन्नेहरुको लागि सांसद मीना गुरुङको वृत्तचित्र धेरै व्यक्तिहरुको लागि प्रेरणाको श्रोत हुन सक्ने उनको भनाइ थियो।

प्रदेश सांसद गायत्री गुरुङले इमानदार सबैको भलो चिताउने सांसद मीना गुरुङले धेरै व्यक्तिहरुलाई सौन्दर्य पेशामा संगठित पार्दै आएकोमा खुसी व्यक्त गरिन्।

पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले सांसद मीना गुरुङ सामाजिक क्षेत्रमा निरन्तर रुपमा क्रियाशील भएको जनाए।

कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनार, पत्रकार दुर्गा भण्डारी लगायतले सांसद गुरुङको योगदानको प्रशंसा गरे।

कार्यक्रममा हङकङको लाहुरे जीवनदेखि गण्डकी प्रदेशसभा सदस्यसम्मको जीवन संघर्षको विषयमा समेटेर तयार पारिएको सांसद मीना गुरुङको वृत्तचित्र प्रदर्शन गरिएको हो।

कार्यक्रमबीच, सुरक्षित आप्रवासन (सामी) परियोजना कास्की संयोजक एवं महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी माया गुरुङ (मैयाँ) लाई इन्स्टिच्युटले सम्मान गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width