सुनहरि छबील फाउण्डेसन राजस्थान, भारतको आयोजनामा इण्डिया नेपाल अन्तराष्ट्रिय कला कार्यशाला तथा प्रदर्शनी पोखराको बुमर्याङ्ग रेष्टुरेण्टमा चलेको छ।
कार्यशाला तथा प्रदर्शनीमा २० भारतीय र १० नेपाली कलाकार सहभागी छन्। भारतको दिल्ली, पञ्जाव, राजस्थान, चण्डीगढ, पटनालगायत ठाउँका कलाकार सहभागी रहेका छन्।
नेपालबाट स्थानीय संयोजक पोखरेली कलाकार हेमकान्ती गुरुङको दुई देशको कलाकारले संयुक्त रुपमा कला प्रदर्शनी गर्दा आफूहरुले पनि सिक्ने धेरै मौका पाएको धारणा छ।
फाउन्डेसनका संरक्षक अशोक अग्रवालले यो संस्थाको तर्फबाट चौथो कार्यक्रम जनाए। यसअघि संस्थाले भारतको सीमला, राजस्थान, दिल्ली लगायतमा कार्यक्रम गरिसकेको उनले जानकारी दिए। संस्थाले कला र साहित्यप्रेमीको क्षमता उजागरमात्रै होइन त्यसलाई बाहिर ल्याउन खुलेको र त्यही अनुसार कार्यक्रम गर्दै आइरहेको अग्रवालले बताए।
फाउन्डेसनले आर्थिक अवस्था कमजोर भएका र अवसर नपाएकालाई सहयोग गर्दै देश विदेश डुलाइरहेको अग्रवालको भनाइ छ। प्रदर्शनीमा बिक्री भएका चित्रबाट ७० प्रतिशत कलाकारलाई नै पारिश्रमिक र ३० प्रतिशत संस्थामा राखेर फेरि अरु कलाकारका लागि खर्च गरिने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
मिस नेपालको पोखरा अडिसन आज
वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता
मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम
सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१