करेन्ट लागेर १ को मृत्यु, खोलामा खसेर १ जना बेपत्ता

रासस
असाेज ९, २०७६
Myagdi_Mistri-Khola-Hydro

म्याग्दी, ९ असोज । म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

धवलागिरि गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन् ।

विद्युत् पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा करेन्ट लागेर मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको स्थानीयवासी बालकुमार सुनारले जानकारी दिए । बल्वको होल्डर फेर्नका लागि छन्त्याल पोलमा चढेका थिए ।

निलगिरि र रेलेखोलाको दोभानको जङ्गलमा अरिङ्गाल पोल्न जाने क्रममा पर्वतको जलजला गाउँपालिका–५ शालीजाका भविन्द्र गर्बुजा मिस्त्रीखोलामा बेपत्ता भएका हुन् । मिस्त्रीखोलामा काठको फड्के हालेर जङ्गलतर्फ जाने क्रममा गर्बुजा खोलामा खसेर बेपत्ता भएका जिसस सदस्य मेखबहादुर गर्बुजाले बताए ।
खोलामा राखिएको फड्के बगाएपछि फसेका तीन जनालाई नेपाली सेनाको श्रीबक्स गुल्मको नारच्याङ बेसक्याम्पका सैनिक र मिस्त्रीखोला जलविद्युत् आयोजनाको सहयोगमा राति उद्धार गरिएको जिसस सदस्य गर्बुजाले बताए ।

बेपत्ता गर्बुजा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी हाइ हिमाल कन्ट्रक्सनका मजदूर हुन । उनको खोजी जारी छ ।

Related News

सम्बन्धित समाचार

    • बस पल्टिँदा १ को मृत्यु, १ दर्जन यात्रु घाइते

      रासस श्रावण ६, २०७८
      लहान । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…
    • बाटो भत्किएर कारागारमा क्षति

      आदर्श समाज सम्वाददाता असार २८, २०७८
      स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित ठाडोलाइन–पुतलीखेत जोड्ने बाटो भत्किएर कागारार परिसरमा ढुंगा माटो कारागारतर्फ झरेको छ ।…
    • फेवाको सिल्टेसन ड्याम डिजाइन गर्ने इन्जिनियरलाई महानगरले सोध्यो ध्यानाकर्षण

      आदर्श समाज सम्वाददाता असार २८, २०७८
      पोखरा । हर्पन खोलामा निर्मित सिल्टेसन ड्याममा क्षति पुगेको क्षतिप्रति पोखरा महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । फेवाताल संरक्षणको उद्देश्य…
    • पहिरोले बस्ती जोखिममा

      सविन लामिछाने असार २८, २०७८
      दमौली । बन्दीपुर २ का सन्तबहादुर नेपाली पहिरोमा पुरिएको बाबियो निकाल्दै गरेको अवस्थामा शनिबार दिउँसो भेटिए । नयाँ घर छाउन केही…
    • पहिराेमा पुरिएर बेपत्ता   

      आदर्श समाज सम्वाददाता असार २४, २०७८
      दमौली ।  तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads