कृषि विकास बैंकबाट ४ करोड ७३ लाख चोरी

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
agriculture_bank_office_cG8ys3meTh-2

पोखरा, ८ असोज । कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार काले भनिने पिटर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अुल्न आएको छ ।

भारतमा बस्ने उनले नै नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।
पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास, कैलाश विकास र नवील बैंकका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ । प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

यो समूहले हृयाक गरेर कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख १६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ लुटेको पाइएको छ । लुटेको रकम हुण्डीमार्फत भारत पठाउने गरिएको थियो । हृयाटिङमा प्रयोग हुनेहरुले भने १५ देखि ३५ प्रतिशत कमसिन पाउने गरेको प्रहरीको अनुसन्धानलेबाट खुल्न अाएकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width