प्रहरीका एआईजीको सरुवा

एजेन्सी
असाेज ८, २०७६
1569385668idsYfbJH

काठमाडौं, ८ असोज । सरकारले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको छ। मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान (प्रहरी एकेडेमी) महाराजगन्जमा सरुवा गरेको हो।

उच्च स्रोतका अनुसार प्रतिस्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ। यस अगाडि उक्त विभाग नेतृत्वबिहिन थियो।

उक्त विभागमा दरबन्दी भएका एआईजी धिरु बस्नेत आर्थिक अनियमिततामा मुछिएपछि सरकारले उनलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा पठाएको थियो। मंगलबारको सरुवामा एआईजी बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको उच्च स्रोतले बतायो।

Related News

सम्बन्धित समाचार

hero news full width