खोलामा डुबेर १ को मृत्यु, १ को उद्धार

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
Fusre-khola (1)

पोखरा, ८ असोज । पोखरा–२२ खाल्से चिसापानी स्थित फुस्रो खोलामा पौडिखेल्ने क्रममा मंगलवार दिउसो डुबेर १ महिलाको मृत्यु भएको छ भने १ जनालाई उद्धार गरिएको छ ।

काभ्रे जिल्ला स्थित धुलिखेल नगरपालिका घरभई पोखरा घुम्न आएकी २५ वर्षीया अनु भण्डारीको डुबेर मृत्यु भएको हो । अनुसँगै पौडिखेल्दा खोलामा डुबेकी काभ्रे जिल्ला पनौती नगरपालिका निवासी २५ वर्षीया भावना वस्नेतलाई प्रहरीले उद्धार गरेको छ । पौडीखेल्ने क्रममा डुबेको खवर प्राप्त भएपछि प्रहरीले घटनास्थल पुगेको थियो ।

घाइते भावनालाई उपचारका लागि अस्पताल पठाइएको छ भने अनुको शव परिक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । घटनाका वारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेका छ ।

Related News

सम्बन्धित समाचार

hero news full width