थानकोट-नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने

रासस
असाेज ८, २०७६
maxresdefault

काठमाडौँ, ८ असोज । ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिए । “हाल ३६८ स्थानमा नियमित जाँचका लागि ७५० जनशक्ति परिचालन गरेकामा चाडपर्वलाई लक्षित गरेर ४३० जनशक्ति थप गरेका छौँ”, उनले भने ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला दशैँ मान्न झण्डै २५ लाख यात्रु बाहिरिने भएकाले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन यातायात व्यवसायी गम्भीर भएर लागेका बताउछन् ।

जाँचका क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरे/नगरेको, लामो दूरीका सवारी साधनमा दुई चालक भए/नभएको, सवारी साधनभित्र भाडादर राखे/नराखेको, मोटरसाइकलले हेल्मेटको प्रयोग गरे/नगरेको, क्षमताभन्दा धेरै यात्रु वा सामान राखे÷नराखेकोलगायतका कुरा हेर्नेछ । चाडपर्वको समयमा तीव्रगतिमा सवारी साधन चलाउने चालकलाई कारवाही गर्ने महाशाखाले जनाएको छ ।

यसैगरी, यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको यात्रु सहायताकक्षमा समेत ट्राफिक प्रहरी खटाइने महाशाखा प्रमुख ढकाल बताउछन् । नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षणसमेत गरिने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुवँर यान्त्रिक परीक्षणसँगै चाडपर्वको समयमा हुने दुर्घटनामा कमी आउने बताउछन् ।
“नयाँ बसपार्कबाट छुट्ने अधिकांश सार्वजनिक सवारी साधनलाई परीक्षण गरेर उपत्यका बाहिर पठाउँछौँ”, उनले भने । यात्रु चालक तथा सहचालकलाई लक्षित गरेर सवारी साधन छुट्नुभन्दा अगाडि संस्कार समाज नेपालको सहकार्यमा महाशाखाबाट निर्माण गरिएको जनचेतनामूलक अडियो एक हजार थान पेनड्राइभ वितरण गरिने महाशाखाले जनाएको छ ।

संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले सार्वजनिक सवारी साधनमा असल संस्कारसम्बन्धी जनचेतनामूलक अडियो वितरण गरेसँगै समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताए । चाडपर्वको समयमा थानकोट-नागढुुङ्गा सडकखण्डमा सवारी चलाउँदा ओभरटेक गर्न नपाइने व्यवस्थासमेत गरिएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा जस्तै चाडपर्वको समयमा कलङ्की-नौबिसे सडकखण्डमा सवारी साधन बिग्रेर घण्टौँसम्म जाम हुने परिपाटीको अन्त्यका लागि प्रहरी प्रधान कार्यालयबाट ‘¥याकर’ (बिग्रेको सवारी तान्ने साधन) को व्यवस्था गर्नुभएको छ । जसले गर्दा कुनै पनि सवारी साधन बिग्रेमा तत्काल तानेर बाटो खुलाउन सकिन्छ ।

महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन आइतबारदेखि ५०० ट्राफिक स्वयंसेवक सडकमा खटाएको छ । महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गरेको हो । जसले गर्दा चाडपर्वको बेला यातायात व्यवस्थापनमा सहजता हुने महाशाखाले विश्वास लिएको छ ।

Related News

सम्बन्धित समाचार

    • गण्डकीमा ९२ प्रतिशत निको

      आदर्श समाज सम्वाददाता श्रावण १४, २०७८
      पोखरा । गण्डकी प्रदेशमा बिहीबार ३३ जना कोरोनामुक्त भएका छन् । अघिल्लो दिनको तुलनामा निको हुनेका संख्या अत्यन्तै कम हो…
    • १३२ देशमा फैलियो डेल्टा भेरियन्ट

      रासस श्रावण १४, २०७८
      जेनेभा । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा…
    • पोखरामा मनाङ मर्स्याङ्दीको होम ग्राउन्ड र एकेडेमी

      धनबहादुर गुरुङ श्रावण १४, २०७८
      पोखरा । ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी (एमएमसी) लाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरी राष्ट्रिय खेलकुद परिषद्…
    • जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

      रासस श्रावण १४, २०७८
      गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका…
    • प्रेस युनियनद्वारा गण्डकी प्रदेशका मन्त्रीलाई बधाई

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा, १३ पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरु प्रतिबद्ध रहने बताएका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads